मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने सरकारको निर्णय


  • मंगलबार, असार २२ २०७८
12.1K
SHARES

फाईल तस्बिर

सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उडान खुला गर्ने निर्णय गरेको पर्यटनमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए ।

मन्त्रिपरिषद्को निर्णयपछि अब पर्यटन मन्त्रालयले कोभिड प्रोटोकल तयार पारेर उडान सुचारु हुने मिति र ढाँचाबारे जानकारी दिनेछ । नेपाल प्रेससँग कुरा गर्दै मन्त्री श्रेष्ठले बुधबार सरकारका प्रवक्ताले उडान खुला भएको बारे थप जानकारी दिने जनाए ।

कोरोनाको दोस्रो लहरको कारण बैशाख २० गतेदेखि उडानहरु बन्द थिए । ६९ दिनपछि आन्तरिक उडान बिहीबारदेखि ५० प्रतिशत अकुपेन्सीमा संचालनमा आएका थिए । मन्त्रिपरिषद्ले नेपाल र भारतबाहेकको अन्तर्राष्ट्रिय उडान पनि बैशाख २३ देखि बन्द गर्ने निर्णय गरेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा