राष्ट्रियसभा सदस्य कोमल वलीको अभिव्यक्ति विवादित बनेको छ । राष्ट्रियसभा बैठकमा पाएको दश मिनेटको समयमा वलीले ‘बाँदरको जमात र अमृतपानको सपना’ शीर्षकको कविता सुनाएकी थिइन् ।
नेताहरुले बाँदर चरित्र देखाएको पृष्ठभूमि बताउँदै वलीले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह र विपक्षीय गठबन्धनप्रति कटाक्ष गरेकी थिइन् । उनको यो अभिव्यक्तिको चर्को आलोचना भइरहेको छ ।
एमालेका नेता मुकुन्द न्यौपाने वलीको अभिव्यक्तिबारे पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने बताउँछन् । ‘कोमल वली राष्ट्रियसभामा बोलिरहँदा एमाले पार्टीको प्रतिनिधित्व भइरहेको हुन्छ । किन यस्तो बोलिन् भन्ने जवाफ अध्यक्षले दिनुपर्छ,’ न्यौपाने भन्छन् । ‘संसदमा कस्तो मान्छे एमालेले पठाएको छ,’ भन्ने पनि वलीको अभिव्यक्तिबाट थाहा हुने न्यौपानेको भनाइ छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।