शनिबार, साउन ३० २०८३
ताजा अपडेट

अस्पतालले सरकार र कोरोना संक्रमित दुबैतिरबाट शुल्क असुलेको पुष्टि


  • मंगलबार, असार २२ २०७८
9.5K
SHARES

सरकारसंग कोरोना संक्रमितको निशुल्क उपचार गर्ने सम्झौता गरेका केही अस्पतालले सरकार र बिरामीसंग दोहोरो रकम असुलेको खुलेको छ ।

९ जना बिरामीले उजुरी दिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसन्धानका क्रममा निजी अस्पतालहरुले सरकार र बिरामी दुबैतिरबाट उपचार खर्च लिएको भेटिएको हो ।

बिरामीले कुपन्डोलको सर्वाङ्ग स्वास्थ सदन, विराटनगरको विराट मेडिकल शिक्षण अस्पताल, नेपाल मेडिकल कलेज, कान्तिपुर डेन्टल कलेज, मनमोहन मेमोरियल अस्पताल र मेडिकेयर अस्पतालले सरकार र आफूहरु दुबैतिरबाट रकम असुलेको भनी उजुरी गरेका थिए ।

मन्त्रालयले यस विषयमा अध्ययन गर्न डा. समीर अधिकारीको नेतृत्वमा जेठ ३० मा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिमा मेडिकल अधिकृत डा. नवराज जोशी, वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्र, लेखा अधिकृत छविलाल पाण्डे, तथ्यांक अधिकृत शिवलाल शर्मा सदस्य छन् ।

मेडिकेयर अस्पतालविरूद्ध उजुरी परे पनि मन्त्रालयमा रकम दावी नगरेको अधिकारी बताउँछन् । उनका अनुसार कान्तिपुर जनरल तथा डेन्टल अस्पताल र सर्वाँग स्वास्थ्य सदन कुपण्डोलबाहेक सबै अस्पतालहरुले निशुल्क उपचार गराउने सम्झौता गरेका छन् ।

सरकारसँग सम्झौता गरेका अस्पतालले सामान्य रगत परीक्षण सिरम युरिया, क्रियाटिनन, सुगर, सीआरपी, हेमोग्लोबिन, प्लेटलेट्स, ईएसआर परीक्षण, छातीको एक्सरे, उपचारमा प्रयोग हुने स्लाइन तथा सामान्य औषधि, शय्याको शुल्क लिन पाउँदैनन् । त्यसैगरी दिनमा चार छाक खाना तथा खाजा, चिकित्सक तथा नर्सको राउन्ड, अक्सिजन पनि निःशुल्क हुनेछ । तर यी अस्पतालहरूले यी विषयमा शुल्क लिएको पाइएको मन्त्रालयले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा