बुटवल उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष हुमनाथ आचार्यको कोभिड–१९ का कारण आज निधन भएको छ । ७२ वर्षीय वडाध्यक्ष आचार्यको उपचारका क्रममा काठमाडौँमा आज बिहान निधन भएको उपमहानगरपालिका प्रवक्ता राम प्रसाद रेग्मीले जानकारी दिए ।
उनको सुरुमा बुटवलको कोरोना विषेश अस्पतालमा उपचार भएकोमा ७ दिनअघि परिवारले थप उपचारका लागि काठमाडौँ लगेको थियो ।
आचार्यले कोरोना विरुद्धको पहिलो डोज खोप समेत लगाएका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।