शनिबार, साउन ९ २०८३
ताजा अपडेट

भित्तेचित्रले मात्रै फ्रन्टलाइनरको सम्मान हुँदैन, सर्वाेच्चको फैसला हेरौं : शाक्य


  • मंगलबार, असार २२ २०७८
8.2K
SHARES

फाइल तस्विर

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाले बनाएको कानून–नीति र सर्वोच्चको फैसलालाई सबैले पालना गर्नुपर्ने बताएका छन्। नगरसभाको नवौं अधिवेशनको पाँचौं बैठकपछि कुराकानी गर्दै उनले जे नीति छ, त्यसको कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

कोभिड फ्रन्टलाइनरहरुको सम्मानमा बनाइएका भित्तेचित्र मेयरले मेटायो भनेर बढी नै प्रचार गरेको उनको आरोप छ । ‘कार्टुन बनाएर मेरो प्रचार गरियो।उहाँहरुलाई व्यक्तिगत रुपमा धन्यवाद’ शाक्यले भने, ‘तर, सर्वोच्चको आदेश र महानगरपालिकाको कानूननीति उल्लङ्घन गरी जथाभावी भित्तेचित्र कोर्न पाइन्न ।’

प्रमुख शाक्यले सकारात्मक सुझाव ग्रहण गर्न तयार रहेको बताए । ‘सकारात्मक सुझाव ग्रहण गर्न तयार छु’ शाक्यले भने, ‘सर्वोच्च अदालतले २०७२ सालमै शहरका घर, पर्खाल, बिजुलीको पोल लगायतमा रहेका पर्चा, पम्पलेट, भित्तेलेखन, होर्डिङबोर्ड, विज्ञापन बोर्ड हटाउन र थप राख्न नदिन आदेश दिएको छ। त्यसैले मेयरलाई देखाइदिन्छाैं भनेर नीति-नियमको उल्लङ्घन गरी योजनावद्ध ढंगले अघि बढ्ने हो भने कोही पनि लक्ष्यमा पुग्न सक्दैनौं ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा