मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

एमिकस क्युरीबाट वरिष्ठ अधिवक्ता पाठकको राय– ‘७६ (५) आफैं स्वतन्त्र धारा हो’


  • सोमबार, असार २१ २०७८
6.6K
SHARES

फाइल तस्विर

वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले संविधानको धारा ७६ (५) स्वतन्त्र धारा भएको बताएकी छिन् । नेपाल बारबाट विघटन मुद्दामा एमिकस क्युरीमा चयन भएकी पाठले संवैधानिक इजलासमा राय दिँदै भनिन्–‘७६ (५) आफैं स्वतन्त्र धारा हो ।’

उपधारा (५) मा (२) अनुसार भन्ने शब्द उल्लेख गरिएको छ । त्यसबारे पाठकको ब्याख्या छ–‘ उपधारा (२) भनेको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बन्ने ब्यवस्था हो त्यो उपधारा पटक–पटक प्रयोग हुन्छ तर (५) चाहिँ एकपटक मात्र प्रयोग गर्न मिल्छ ।

संविधानले स्वतन्त्र हैसियतमा रहेका सांसदहरुलाई अन्तिम विकल्प स्वरुप अवसर दिएको पाठकको राय छ । ‘दलीय शासन प्रणालीले दल बिरुद्ध जान दिँदैन तर, संसदमा १ सिट पाएर स्वतन्त्र हैसियतका सदस्य जो छन्, उहाँहरुले पनि अरु दलको समर्थनमा प्रधानमन्त्री बनाउन पाउँछन्’ पाठकले भनिन्–‘ त्यो अवसर ७६ (५) ले दिएको छ ।’

बलियो आधार पेश हुन नसकेको अवस्थामा जनादेशका लागी निर्वाचनमा जानेकुरा जायज भएको राय दिँदै पाठकले भनिन्–‘रिट निवेदन खारेज गरिनुपर्छ, निर्वाचनमा जानुपर्छ भन्ने कुरा जायज छ तर, चुनावअघि वालिङ नागरिकलाई कोभिड–१९ को खोप लगाउनुपर्छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा