मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

निर्वाचन कार्यतालिका सार्वजनिक गरिएकोप्रति काँग्रेसको विरोध


  • सोमबार, असार २१ २०७८
8K
SHARES

फाईल तस्बिर

नेपाली काँग्रेसले सर्वोच्चको फैसला नआउँदै निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेकोप्रति विरोध जनाएको छ ।

काँग्रेस नेता आनन्द ढुंगानाले प्रतिनिधिसभा विघटनको मुद्दामाथि सर्वोच्चमा अन्तिम सुनुवाइ चलिरहेको बेलामा निर्वाचन आयोगले कार्यतालिका ल्याउन हतारो गरेको बताए ।

काँग्रेसमा निर्वाचन सम्बन्धी गतिविधि हेर्दै आएका उनले रातोपाटीसँग भने, ‘अहिले अदालतले केही निर्णय गरेको छैन । हामीले हिजो पनि अदालतले जे निर्णय गर्छ मान्छौँ भनेका थियौं । आज पनि हाम्रो त्यही भनाइ हो ।’

तर हिजोको संसद विघटन र अहिलेको संसद विघटनको प्रकृति एउटै भने नभएको ढुंगानाको भनाइ छ । ‘हिजोको र अहिलेको संसद विघटन फरक छ । संविधानको धारा ७६ को पाँच अन्तरगत बहुमत सांसदले सर्वोच्चमा रिट दिएका छौं । त्यसलै अहिले नै निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिहाल्नुपर्ने परिस्थिति थिएन ।’

यसअघिको संसद विघटनपछि पनि निर्वाचन आयोगले पाठ नसिकेको उनको भनाइ छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा