मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

एमिकस क्युरीबाट वैद्यको राय : ‘प्रतिनिधिसभाले केपी ओलीलाई घर जाउ भनेको हो’


  • सोमबार, असार २१ २०७८
7K
SHARES

फाइल तस्विर

वरिष्ठ अधिवक्ता राघवलाल वैद्यले प्रतिनिधिसभाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई घर जाउ भनेको जिकिर गरेका छन् । विघटन मुद्दामा संवैधानिक इजलासमा एमिकस क्युरीको तर्फबाट राय दिँदै वैद्यले भने –‘विश्वासको मत नपाएर अस्वीकृत भैसकेको अवस्थामा फेरि नयाँ अवतारको रुपमा प्रधानमन्त्री नियुक्त गर्न पाइन्छ भनेर संविधानले भनेको छैन, उहाँ (केपी ओली)लाई घर जाउ भनेको हो ।’

विश्वासको मत गुमाएपछि राष्ट्रपतिले धारा ७६ (३) अनुसार पुनः केपी शर्मा ओलीलाई गरेको नियुक्ति असंवैधानिक भएको वैद्यले जिकिर गरेका छन् ।

धारा ७६ (३) अनुसारको नियुक्तिमा अदालतले प्रश्न गर्नुपर्ने उल्लेख गर्दै वैद्यले भने–‘वैशाख २७ मा विश्वासको मत गुमाउँदा प्रधानमन्त्री (केपी ओली) दलको नेता नै थिए, दलको नेता परिवर्तन नै नभई त्यहि ब्यक्ति फेरी कसरी ७६ (३) अनुसार नियुक्त हुन सक्नुहुन्छ ?’

राष्ट्रपतिले कुन प्रावधान अनुसार केपी ओलीलाई नियुक्त गर्नुभो भन्ने प्रश्न गरेका वरिष्ठ अधिवक्ता वैद्यले भने–‘त्यो नियुक्ति गैरसंवैधानिक हो ।’

विश्वासको मत गुमाएका प्रधानमन्त्रीको विश्वासको आधार राष्ट्रपतिले खोज्नुपर्ने उनले बताएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा