शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जानु निरङ्कुश कदम होइन : दाहाल


  • सोमबार, असार २१ २०७८
7.9K
SHARES

फाईल तस्बिर

राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जाने सरकारको कदम निरङ्कुश नभएको दाबी गरेका छन् ।

सोमबारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य दाहालले पहिलो पटक विघटित प्रतिनिधिसभा पुनर्स्थापना पछि पनि केही काम गर्न नसकेकाले वर्तमान अवस्थामा निर्वाचनमा जानु नै सही निर्णय भएको जिकिर उनले गरे । उनले निर्वाचनको विरोध गर्ने विपक्षीहरू कसैसँग पनि जनतासामु जाने हिम्मत नभएको दाबी पनि गरे ।

उनले संसदीय अभ्यासको नाम गैर संवैधानिक अभ्यासहरू देखिएको तथा अनधिकृत र असंसदीय अभ्यास सुरु भएको दाबी गरे ।

सरकारले कोभिड दोस्रो लहरको समयमा अत्यधिक आवश्यक परेको अक्सिजन उपलब्धता र खोप आयातमा सरकारले निकै राम्रो काम गरेको दाबी गरे । उनले विपक्षी दलहरूले सरकारले गरेका राम्रा काम देख्न नसकेको टिप्पणी गरे । संसदीय प्रणालीमा राष्ट्रियसभा मात्रै अपूर्ण हुने भएकाले प्रतिनिधिसभा विना राष्ट्रियसभाले कुनै पनि ऐन बनाउन नसक्ने बताए ।

बाढी पहिरोबाट मुलुकका विभिन्न स्थानमा ठुलो जनधनको क्षति भएको भन्दै राहत, पुनर्स्थापनाको माग गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा