राष्ट्रिय सूचना आयोगले सूचना नदिने बुद्धनगर आधारभूत विद्यालय, बानेश्वरका प्रधानाध्यापकलाई ५ हजार जरिवाना तिर्न निर्देशन दिएको छ । पाल्पा जिल्ला बगनासकाली–१ घर भई अहिले काठमाडौँ बानेश्वर बस्ने जीवन खनालले गरेको पुनरावेदनमा सूचना आयोगले यस्तो फैसला गरेको हो ।
खनालले बुद्धनगर आधारभूत विद्यालयको २०६६ देखि २०७७ असार मसान्तसम्मको लेखापरीक्षण प्रतिवेदन, २०६९ को शैक्षिक शत्रदेखि पाठ्यपुस्तक तथा छात्रवृत्ति विवरणको भपाई र विदेशी तथा स्वदेशी सङ्घसंस्थाले २०६९ देखि हालसम्म के कस्ता सामग्री कुन–कुन मितिमा सहयोग गरेका छन् भन्ने विषयमा सूचना माग गर्दै २०७७ भदौ १ गते निवेदन दर्ता गरेका थिए ।
विद्यालयको सूचना अधिकारी र कार्यालय प्रमुखबाट पनि सूचना नपाएपछि खनालले राष्ट्रिय सूचना आयोगमा २०७७ पुस २६ गते पुनरावेदन दर्ता गरेका थिए । पुनरावेदन दर्ता पछि सूचना उपलब्ध गराउनु भन्दै आयोगबाट पटक–पटक भएको आदेशको पालना नगरी सूचना उपलब्ध नगराएकाले संविधान अनुसारनागरिक अधिकार र कानूनले व्यवस्था गरेको सूचनाको हकको ठाडो उल्लङ्घन गरेको भन्दै आयोगको गत बिहीबार बसेको इजलाशले ५ हजार जरिवाना तिर्न निर्देशन दिएको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।