शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

प्रधानमन्त्रीसहित नेपालका शीर्ष नेतासँग भोलि चिनियाँ राष्ट्रपतिको भर्चुअल बैठक हुने


  • सोमबार, असार २१ २०७८
14.3K
SHARES

फाईल तस्बिर

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा चिनियाँ राष्ट्रपति सी जिङपिङले भोलि प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली राजनीतिक दलका नेताहरुसँग भर्चुअल छलफल गर्ने भएका छन् ।

मंगलबार अपरान्ह हुने छलफलमा प्रधानमन्त्री ओली सहभागि हुने जानकारी उनको सचिवालयले दिएको छ । प्रधानमन्त्रीका संचार विज्ञ रामशरण बजगार्ईंका अनुसार जुम मिटिङमार्फत हुने भर्चुअल छलफलमा ओली सहभागि हुने निश्चित भएको छ ।

प्रधानमन्त्री ओलीसहित उक्त भर्चुअल छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु पनि सहभागि हुने जनाइएको छ ।

चिनियाँ राष्ट्रपति जिङपिङले जुम बैठकमा भारतबाहेकका अन्य दक्षिण एसियाली मुलुकहरुलाई पनि निम्तो दिएका छन् । सबै नेताहरुलाई बोल्न पाँच मिनेटको समय दिइएको जनाइएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा चीनले पछिल्लो समय छिमेकी तथा मित्रराष्ट्र मुलुकका नेता तथा सरकार प्रमुखसँग छलफल गरिरहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा