शनिबार, साउन ९ २०८३
ताजा अपडेट

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु


  • सोमबार, असार २१ २०७८
7.8K
SHARES

फाइल तस्विर

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । बटेश्वर गाउँपालिका वडा नम्बर २ बस्ने २२ वर्षीय अर्जुन भनिने दलबहादुर आलेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको प्रहरी चौकी बटेश्वरले जनाएको छ ।

आइतबार राति ११ बजेको समयमा बटेश्वर गाउँपालिका वडा नम्बर ४ स्थित डाँडा टोलबाट घर फर्किने क्रममा आँफैले चलाएको बा ५२ प ४२८३ नम्बरको मोटरसाइकल रमौली टोल र पाटो टोलको बीचमा अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका युवक आलेको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

आलेले अत्यधिक मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाउदा दुर्घटना भएको धनुषा प्रहरीले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा