नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता जोगाउन आफू प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीतिर लागेको बताएका छन् ।
संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुराकानी गर्दै उपाध्यक्ष गौतमले पार्टी एकतामा देखिएको बाधा हटाउन आफूले प्रयास गरिरहेको बताएका छन् ।
‘अहिले हाम्रो पार्टीमा माधव, झलनाथ एकातिर केपी एकातिर हुनुभयो । पार्टी एकता गराउनकै निम्ति भनेर म केपी ओलीतिर लाग्या छु । मैले एकताको प्रस्ताव अस्ति केन्द्रीय कमिटीको बैठकमा राखेँ । बैठकले नै मलाई एकताको प्रयत्न गर्न जिम्मेवारी दिएको छ’, गौतमले भने । उनले अहिले अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल एक-आपसमा रिसाएको अवस्था रहेको भन्दै रिस शान्त नभएसम्म एकता जटिल रहेको बताए ।
माधव कमरेड धेरै रिसाउनुभएको छ केपी ओलीजी सँग, केपी ओली पनि माधवसित बेस्सरी रिसाउनुभएको छ । यी दुईटाको रिस नमर्दासम्म उहाँहरूको मातहतमा रहेका साथीहरूको पनि चिन्ताले काम लाग्नेवाला छैन । म यी दुईटैको रिसलाई कसरी शिथिल बनाउन सकिन्छ । हो, त्यतातिर लागिरहेको छु’, गौतमको भनाइ छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।