जिल्ला प्रशासन कार्यालय मोरङले विराट मेडिकल कलेजले कोरोना संक्रमितको उपचारको शुल्क दाबी गरेर छानबिन नगरी भुक्तानी नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रचार गरेको छ ।
मोरङको बुढीगंगा गाउँपालिका–२ मा रहेको विराट मेडिकल कलेजले कोरोना संक्रमितको उपचार गर्दा बिरामीसँग चर्को शुल्क लिएको पाइएपछि जिल्ला प्रशासन कार्यालय मोरङले शोधभर्ना नदिन मन्त्रालयलाई पत्र लेखेको हो ।
मेडिकल कलेजले वैशाख १२ गते मन्त्रालयसँग कोभिड–१९ केयर युनिट सञ्चालनका लागि सम्झौता गरेको थियो । तर सम्झौतापछि पनि कलेजले बिरामीका आफन्तसँग शुल्क लिएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी परेको थियो ।
प्रशासनले अनुगमन गर्दा पनि चर्को शुल्क लिएको देखिएपछि स्पष्टीकरण सोधेको थियो । तर चित्तबुझ्दो जवाफ नपाएपछि असार ६ गते दोस्रो स्पष्टीकरण सोधेका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले असार १७ गते भुक्तानी रोक्न मन्त्रालयलाई सिफारिस गरेका हुन् ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।