सिन्धुपाल्चोकको इस्ट प्वाइन्ट एकेडेमीलाई नेशनल प्याव्सनले सहयोग गरेको छ । हेलम्बु–४ मा रहेको स्कुल गत असार ३ गते आएको बाढीले क्षतिग्रस्त भएको थियो ।
नेशनल प्याव्सनले विद्यालय सुचारु होस् भनेर ५ लाख २५ हजार रुपिँया सहयोग गरेको जनाएको छ । यो विद्यालय नेशनल प्याव्सनका सिन्धुपाल्चोक अध्यक्ष दामोदर भारतीले सञ्चालन गर्दै आएका छन् । बाढीले विद्यालयको पूरै सञ्रचना ध्वस्त बनाएको छ, यहाँ ५ सय ५० विद्यार्थी अध्ययनरत छन् ।
नेशनल प्याव्सनले केन्द्रीय समिति,काठमाडौैं जिल्ला समिति,काठमाडौ महानगर समितिका साथै अरु समितिबाट सो रकम संकलन गरेको थियो । नेशनल प्याव्सनले विद्यालयमै पुगेर सो रकम हस्तान्तरण गरेको जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।