नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट नेता कार्यकर्तालाई मान्छे भड्किने खालका कुनै पनि अभिव्यक्ति नदिन निर्देशन दिएका छन् । नेपालले आफैं फोन गर्दै र बैठकहरुमा समेत एमाले विवादका सन्दर्भमा झगडालु अभिव्यक्ति नदिन भनेका छन् ।
केही दिनअघि नेपालले स्वकीय सचिव मोहन गौतममार्फत जगन्नाथ खतिवडा, मेटमणि चौधरी, झपट रावल, निरा जैरु, विरोध खतिवडा, राजेन्द्र राई लगायतका नेतालाई फोन गरेर संयमित अभिव्यक्ति दिन सुझाएको एक नेताले बताए । कतिपय नेतालाई नेपाल आफैंले कोही पनि नेता कार्यकतालाई घोचपेच हुने झगडालु अभिव्यक्ति नदिन सुझाएका हुन् ।
नेपालको निर्देशन पाएका एक नेताले भने, ‘केपी ओली प्रवृतिको विरोध गर्ने तर व्यक्तिगत रुपमा कसैलाई गाली नगर्ने भन्ने उहाँको निर्देशन छ । पार्टी एक हुन पनि सक्छ नहुन पनि सक्छ । तर नजिक भएकालाई टाढा बढाउने र टाढा भएकालाई नजिक आउन बाटो नराख्ने गरी कसैले पनि अभिव्यक्ति नदिनु भनेर उहाँलाई बारम्बर भनिरहनुभएको छ ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।