शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

राहत वितरणमा सेलिब्रेटी स्टाइल प्रकट भयो : मन्त्री पौडेल


  • आइतबार, असार २० २०७८
7.9K
SHARES

फाईल तस्बिर

उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले राहत वितरणमा सेलिब्रेटी स्टाइल प्रकट भएको टिप्पणी गरेका छन् ।

राष्ट्रियसभाको आइतबार बसेको बैठकमा प्राकृतिक विपदमा परेकाहरुको उद्दार तथा राहतबारे जानकारी दिँदै मन्त्री पौडेलले सरकारले स्रोत, साधन र शक्ति परिचालन गरेको बताए । उनले भने, ‘सरकार रमिते भएर होइन, प्रो एक्टिभ भएर परिचालित छ ।’ प्रदेश र स्थानीय सरकारसँग पनि समन्वय गरिरहेको उनले बताए ।
उद्दार, राहत तथा पुनस्थापना जस्तो मानवीय प्रश्नमा राजनीति नगर्ने भन्दै उनले अघि भने, ‘स्वेच्छिक राहतमा यदाकदा सेलिब्रेटी स्टाइल प्रकट भएको छ ।’

यसलाई रोक्न स्वेच्छिक सहयोग गर्न चाहनेहरुले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गर्नुपर्ने व्यवस्था गरेको मन्त्री पौडेलले जानकारी दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा