शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

देउवालाई समर्थन छैन भनेर अदालतमा लेखेर पठाउने उद्देश्यले ओलीले जालझेल गर्न खोज्दै छन : नेपाल


  • आइतबार, असार २० २०७८
8.7K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सर्वोच्चमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने र एमालेका सांसदको समर्थन देउवालाई छैन भनेर अदालतमा लेखेर पठाउने  उद्देश्यले ओलीले जालझेल गर्न खोजेको भन्दै आफू गठबन्धनबाट पछि  नहट्ने  बताएको स्रोतले जनाएको छ ।

पार्टी एकताका लागि वार्ता गरिरहेका नेताहरूले आइतबार बिहान नेपाललाई उनकै निवास कोटेश्वरमा पुगेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिएर पार्टी एकतामा फर्किन आग्रह गरेका थिए ।

नेपाललाई भेट्न वार्ता टोलीमा रहेका दुवै पक्षका नेताहरू गएका थिए । यसअघि वार्ता टोलीबीच तीन बुँदे अनौपचारिक सहमति समेत भएको थियो । तर सर्वोच्चको फैसलाअघि ओलीसँग कुनै सम्झौता गर्ने पक्षमा नेपाल छैनन् ।

उनले अदालतमा चलिरहेको मुद्दालाई बाहेक राखेर एमालेको एकताका लागि अघि बढ्न सकिने र त्यसका लागि आफू र ओलीले गठन गरेको वार्ता टोलीलाई नै पुनः सक्रिय बनाउनुपर्ने बताएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा