शनिबार, साउन ३० २०८३
ताजा अपडेट

सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्षको निधन


  • आइतबार, असार २० २०७८
10.3K
SHARES

फाइल तस्विर

सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माको निधन भएको छ । अध्यक्ष बर्माको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

७० वर्षीय बर्मा उच्च रक्तचाप, मधुमेह, मुटुका रोगबाट पीडित थिए । पछिल्लो पटक सिकिस्त भएपछि उनलाई उपचारका लागि काठमाडौं लगिएको थियो ।

अस्पतालको आईसीयूमा राखेर उपचार गर्ने क्रममा शनिबार राति उनको निधन भएको गाउँपालिकाको वडानम्बर १ का अध्यक्ष दिनेश मिश्रले जानकारी दिए ।

२०७४ साल असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा बर्मा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा