शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोजेको आरोपमा एक जना पक्राउ


  • आइतबार, असार २० २०७८
10.2K
SHARES

फाईल तस्बिर

सिन्धुलीमा ड्युटीमा खटिएका प्रहरीलाई चेकजाँचका क्रममा ५ सय रुपैयाँ घुस दिन खोजेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका–३ बस्ने ५२ वर्षीय मेदनी रेग्मी छन् । सिन्धुलीको कमलामाई नगरपालिका–६ माझीटारस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद ५ सय रुपैयाँ दिएर आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा रेग्मीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बीपी राजमार्गको प्रहरी चेक प्वाईन्टमा सवारी साधनहरुको सवारी पास जाँच गर्ने क्रममा झापाबाट काठमाडौं जान पास नलिई आएको मे.१ च ६६८३ नम्बरको सुमोलाई उक्त स्थानमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा चालक रेग्मीले नगद दिन खोजेपछि उनलाई सुमोसहित पक्राउ गरिएको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा