शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

युरो कपको सेमिफाइनल समीमरण पूरा


  • आइतबार, असार २० २०७८
12.4K
SHARES

फाइल तस्विर

युरो कप २०२० फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

शनिबार राति दुई खेलबाट इङ्ग्ल्यान्ड र डेनमार्क सेमिफाइनलमा प्रवेश गरेसँगै युरो कपको अन्तिम चारमा पुग्ने चारै टोलीको टुङ्गो लागेको हो ।गए राति चेक रिपब्लिकलाई २–१ गोलले हराउँदै डेनमार्कले सेमिफाइनलमा स्थान पक्का गर्दा युक्रेनमाथि ४–० गोलको शानदार जित निकाल्दै इङ्ग्ल्यान्ड अन्तिम चारमा पुग्यो ।

त्यसअघि शुक्रबार राति स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोलले हराउँदै तीन पटकको विजेता स्पेन अन्तिम चारमा पुग्यो । यस्तै, इटालीले सेमिफाइनलका लागि भएको भिडन्तमा बेल्जियमलाई २–१ गोलले हराएको थियो ।

अब, फाइनल प्रवेशका लागि मङ्गलबार राति इटालीले स्पेनसँग खेल्नेछ भने इङ्ग्ल्यान्डले बुधबार राति डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ । दुवै खेल नेपाली समयानुसार राति १२ः४५ बजे हुनेछन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा