शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

मेसीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना सेमिफाइनलमा, फाइनल प्रवेशका लागि कोलम्बियासँग भिड्ने


  • आइतबार, असार २० २०७८
11.2K
SHARES

फाइल तस्विर

कप्तान लिओनल मेसीले एक गोल र दुई एसिस्ट गरेको खेलमा जित निकाल्दै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ।आइतबार विहान सकिएको खेलमा इक्वेइडरलाई ३-० गोलले पराजित गर्दै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो।

अर्जेन्टिनाको जितमा डि पाउल लाउटारो मार्टिनेज र लिओनल मेसीले एक एक गोल गरे।

खेलको ४० मिनेटमा डि पाउलले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। मेसीले उपलब्ध गराएको पासमा उनले बललाई गोल पोस्टको दिशा दिए।खेलको ४५ मिनेटमा अर्जेन्टिनाले अग्रता दोब्बर बनाउने सुवर्ण अवसर खेर फालेको थियो। गोन्जालेजले मेसीको पासमा हेडमार्फत प्रहार गरेको थिए। तर उक्त प्रहारलाई इक्वेइडरका गोलकिपरले फर्काए। रिबाउन्डमा गोन्जालेजको प्रहार सफल हुन सकेन।

८४ मिनेटमा अर्जेन्टिनाले अग्रता दोब्बर पार्‍यो। मेसीले दिएको पासमा मार्टिनेजले पेनाल्टी एरियाबाट फिनिसिङ गरेका थिए।

दोस्रो हाफको इन्जुरी टाइममा इक्वेइडर १० खेलाडीमा सीमित बन्यो। अर्जन्टिनाका डि मारियालाई फल गरेपछि इक्वेइडरका हिन्कपीलाई रातो कार्ड दिइएको थियो।

लगत्तै अर्जेन्टिनाले तेस्रो गोल गर्‍यो। लिओनल मेसीले उनले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा