चेकरिपब्लिकका स्टार प्याट्रिक सिक युइएफए युरो २०२० को गोल्डेन बुट पाउने प्रबल दाबेदार बनेका छन् । सिकले डेनमार्कबिरुद्ध एक गोल गर्दै गोल संख्या पाँच पुर्याएका छन् । पाँच गाेल पुगेसंगै गोल्डेन बुटको प्रबल दोबदारको सूचीमा पुगेका हुन् ।
उनले पोर्चुगलका स्टार खेलाडी क्रिष्टियनो रानोल्डोसँगै सर्वाधिक ५ गोलको बराबरी गर्दै गोल्डेन बुट जित्ने दौडमा पुगेका हुन् ।
खेलको ४९औँ मिनटमा भ्लादिमिर कुफलको पासमा गोल गर्दै चेकलाई २–१ गोलको अवस्थामा पुर्याएका थिए । यो गोल यस संस्करण एउटा खेलाडीले गरेको सबैभ्न्दा बढी गोलको बराबरी गोल थियो ।
प्रतियोगितामा रानोल्डोले सबैभन्दा बढी ५ गोल गरेका छन् भने सिकले पनि डेनमार्कबिरुद्ध गोल गर्दे ब्यक्तिगत गोल संख्या पाँचमा पुर्याए । यद्यपी चेक रिपब्लिक डेनमार्कसँग २–१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
उपाधिको दौडको तेश्रो स्थानमा बेल्जियमका रोमेलु लुकाकु रहेका छन् । उनको गोल संख्या ४ रहेको छ ।
यस्तै सेमिफाइनलमा पुगिसकेका स्पेनका सबैभन्दा बढी गोल गर्ने इटालिका खेलाडी सिरो इमोबाइलको गोल संख्या २ छ भने स्पेनका पाब्लो साराबिया र फेर्रान टोरेसको पनि समान २–२ गोल रहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।