शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

बुढानीलकण्ठमा देउवा निकट नेताहरूको बैठक जारी


  • शनिबार, असार १९ २०७८
10.4K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकटका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । बैठक देउवा निवास बुढानीलकण्ठमा जारी छ ।

बैठकमा उपसभापति विमलेन्द्र निधि, विजय कुमार गच्छदार, पूर्णबहादुर खड्का, प्रकाशशरण महत, एनपी साउद लगायतका नेताहरु सहभागी छन् । छलफल आगामी महाधिवेशन र क्रियाशील सदस्यता सम्बन्धमा केन्द्रित रहेको स्रोतले जनाएको छ ।

सभापति देउवाले आगामी भदौमा निर्धारित १४ औं महाधिवेशनबारे छलफल गर्न नेताहरुलाई बोलाएको देउवाको सचिवालयले जनाएको छ ।

निधिले आगामी महाधिवेशनमा सभापति पदको उम्मेदवार बन्ने घोषणा गरेका छन् । सभापतिमा दाबी गर्दै आएका महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग निधिले छलफल गर्दै आएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा