शनिबार, साउन ९ २०८३
ताजा अपडेट

मुख्यमन्त्री शंकर पोखरेलको पद चैट हुने संकेत, लुम्बिनी प्रदेश सरकार अल्पमतमा


  • शनिबार, असार १९ २०७८
8.6K
SHARES

फाईल तस्बिर

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई विपक्षी गठबन्धनले विश्वासको मत लिन दबाब दिँदै आइरहेकै समयमा अर्को झट्का लागेको छ । राज्यमन्त्री सुमन शर्मा रायमाझीको राजीनामासँगै पोखरेल नेतृत्वको सरकार थप संकटमा परेको हो ।

८३ सदस्यीय प्रदेशसभाको अंकगणितका आधारमा बहुमतका लागि ४२ सांसदको समर्थन आवश्यक पर्नेमा उनको राजीनामासँगै मुख्यमन्त्री पोखरेलको पक्षमा अब ४१ सांसदमात्र देखिएका छन् ।

यसअघि अविश्वास प्रस्ताव दर्ता भइसकेको अवस्थामा जसपाका चार सदस्यलाई सरकारमा सामेल गराएर आफ्नो नेतृत्वमै सरकार बनाउन सफल मुख्यमन्त्री पोखरेललाई बहुमत सिद्ध गर्न विपक्षी गठबन्धनले लगातार दबाब दिँदै आएका थिए ।

यद्यपि मुख्यमन्त्री पोखरेलले प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक दायित्वलाई विभिन्न बहानामा टार्दै आएका थिए ।

प्रदेश सरकारमा सहभागी जसपाका चार सदस्यमध्ये शर्माले राज्यमन्त्री पदबाट राजीनामा दिँदै सरकारप्रति समेत आफ्नो समर्थन नरहेको प्रस्ट पारेपछि भने मुख्यमन्त्री पोखरेल अल्पमतमा परेका छन् । त्यसैले पनि विपक्षी गठबन्धनले असार २७ गते सदन चल्नुभन्दा आगाडि नै राजीनामा दिनुपर्ने तर्क गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा