शनिबार, साउन ९ २०८३
ताजा अपडेट

चेपाङ्ग समुदायसंग मनाए एकनाथले जन्मदिन


  • शनिबार, असार १९ २०७८
14.6K
SHARES

नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले चेपाङ्ग समुदायसंग आफ्नो जन्मदिन मनाएका छन् । शुक्रबार केही सहयोग सामाग्री सहित धादिङ पुगेका ढकालले आफ्नो जन्मदिन चेपाङ्ग बस्तिमा मनाएका हुन् ।
ढकालले कोरोना कहरमा रहेका धादिङ जिल्लाका उत्पिडित तथा चेपाङ्ग परिवारलाई खाद्यान्न सामाग्री सहयोग  गर्दै एक नेपालीलाई अप्ठयारो पर्दा अर्को नेपालीले सहयोग गर्नु दायित्व सम्झेर जन्मदिनको अवसरमा सहयोग गरेको बताएका छन् ।

सहयाेग सामाग्री हस्तान्तरणा पश्चाल आफ्नो फेसबुकमा लेख्दै भनेका छन्, ‘गोर्खाको सरस्वति माध्यमिक बिद्धालयको प्रतिन्धित्व गर्दै जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगितामा बिजयीको पुरस्कार थाप्दै गरेको अस्ति जस्तो लाग्छ तर अहिले जिन्दगीको यात्रामा चार दशकको खुट्किला उक्लदै गरेको पो रहेछु । गाउघरका मानिसहरु रोपाइको चपेटोमा रहेको बेला असार १९ गते (July 3) यस धर्तीमा जन्म लिए पश्चात आजका दिनसम्म आउदा धेरै उकाली ओराली, घुम्ती र मैदानहरू पार गर्दै गाउको कुटोकोदालो र मेलापात देखि सिंहदरबार सम्म र नेपालका गाउबस्ति देखि विश्वका प्राय सबै महादेश र सयुक्त राष्ट्र सम्मको अविस्मरणीय यात्राका अनुभब जीवनको सम्पतिमा रुपान्तरण भएको छ र यो यात्राले नया उचाई चुम्न थप निरन्तरता पाउनेनै छ । जीवनमा गुनासा केहि छैन, जे छ कृतज्ञता मात्र । यस अबसरमा जन्म दिने आमाबुबा र मातृभूमि, शिक्षा दिने गुरुजन, आबद्ध राजनैतिक दल, प्रेम दिने इष्टमित्र, साथदिने साथीभाई तथा सुभेछ्चुक र कर्म दिने सम्पूर्ण महान आत्माहरुमा हार्दिक आभार ब्यक्त गर्दछु। गोर्खाली, नेपाली र विश्वनागरिक हुनुमा सधै गर्व गर्दछु।’

देशमा कोभिड-१९ को महामारी तथा प्राकृतिक विपद आक्रान्त पारेको अबस्थामा आफ्नो जन्म दिनको सन्दर्भमा धादिंग जिल्लाका केहि उत्पीडित तथा चेपाङ्ग समुदायलाइ खाद्धन्न सामग्री सहयोग गरेर जन्मदिन आम उत्पीडित समुदायमा समर्पित गरेको छु। केहि समय अघि नागरिक पत्रिकामा प्रकाशित समाचार मार्फत चेपाङ्ग समुदायमा छाकमुख टार्न गारो भएको जानकारी प्राप्त गरि एक नेपालीलाई अप्ठयारो पर्दा अर्को नेपालीले सहयोग गर्नु दायित्व सम्झेर यो सानो सहयोग उपलब्ध गरिएको हो।

यस राहत बितरणमा संयोजन तथा आबस्यक सहयोग गर्नु हुने बेनीघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष देबीप्रसाद सिलवाल, बडा नं ५ अध्यक्ष रोसन कुमार सिलबाल, प्रमुख शासकिय अधिकृत लक्ष्मण प्रसाद भट्टराई, गाउपालिकाका अधिकृृत सन्तोष अर्याल तथा पशुराम घिमिरे, बिश्व शान्ति तथा एकिकृत परिवार संघ नेपालका अध्यक्ष प्रकाशबाबु थापा, उपाध्यक्ष मनोज कुमार सुर्खेति र जिल्ला संयोजक संयोजक दिपक सापकोटा, धादिङ अस्पातालकि डा.सदिक्षा श्रेष्ठ, नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश सदस्य बिष्णु गीरी “निश्चल” तथा सुरक्षाकर्मी लगायत प्रति धन्यवाद ज्ञापन गर्दछु।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा