शनिबार, साउन ९ २०८३
ताजा अपडेट

मुख्यमन्त्री डोरमणि सहित एमालेका ४६ नेताको पद संकटमा


  • शुक्रबार, असार १८ २०७८
13.7K
SHARES

फाईल तस्बिर

काठमाडौँ – बागमति प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहित एमालेका ४६ जना नेताको पद चैट हुने भएको छ । नेकपा एमाले विघटन भइ बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा एमालेको तर्फबाट मनोनित भइ केन्द्रीय सदस्य बनेका ४६ जनाको पद धरापमा परेको हो ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको माग अनुसार अध्यक्ष केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएमा नेकपा (एमाले) ४६ जना केन्द्रीय सदस्य केन्द्रीय कमिटीबाट बाहिरिनेछन्। उनीहरुलाई बचाउनकै लागि केपी ओलीले पार्टीलाई धुजाधुजा बनाएका छन् ।

३ जेठ २०७५ मा नेकपा एकीकरण हुँदा एमालेबाट २४१ र नेकपा (माओवादी केन्द्र) बाट २०० गरी ४४१ जना केन्द्रीय कमिटीमा परेका थिए। एमालेले ४६ जना थपेर २४१ जनालाई केन्द्रीय कमिटीमा पठाएको थियो।

नेपाल पक्षले एमालेका सबै कमिटीहरू २ जेठमा फर्किए मात्रै आन्तरिक विवाद समाधान हुने बताएको छ। यो पक्षको माग पूरा हुँदा ३ जेठ २०७५ मा थपिएका खगराज अधिकारी, गोकुल बाँस्कोटा, युवराज खतिवडा, महेश बस्नेत, रामेश्वर फुँयाल, देवी ज्ञवाली, नरेश खरेल लगायत केन्द्रीय कमिटीमा पर्दैनन्।

थपिएकामध्ये अधिकांश ओली पक्षका नेताहरु छन्। पद धरपमा पर्नेहरुमा विष्णु रिजाल, नरुलाल चौधरी, डोरमणि पौडेल, तिलकुमार मेन्याङ्बो, राजेन्द्र गौतम, आनन्द पोखरेल, कैलाश ढुंगेल, गुरुप्रसाद बराल, बलराम बाँस्कोटा, केशवलाल श्रेष्ठ, रामेश्वर फुँयाल, कृष्ण राई छन् ।

त्यस्तै, वसन्त मानन्धर, निरज आचार्य, रवीन्द्र अधिकारी (नवलपुर), विनोद ढकाल, महेश रेग्मी, भानुभक्त जोशी, गौरी ओली, समिम मियाँ अन्सारी, प्रमोदनारायण यादव, लीला भण्डारी, अइन्द्रसुन्दर नेम्वाङ, चन्द्रबहादुर शाही, देवेन्द्र दाहाल, अच्युत मैनाली, देवी ज्ञवाली मनोनित भएका थिए । उनीहरुको पनि पद धरापमा परेको छ ।

साथै, रामेश्वर रानामगर, नरेश खरेल, विनोद श्रेष्ठ, श्रीनाथ बराल, एकबहादुर राना, लक्ष्मण ज्ञवाली, शारदा सुवेदी, गोविन्दविक्रम शाह, उमा कोइराला, लालबहादुर विश्वकर्मा, दीपक देवकोटा, राजेन्द्रसिंह रावल, विमला घिमिरे, नारायण सिलवाल, दिलकुमारी पन्तको पनि संकटमा परेको छ ।

उनीहरुको पद बचाउनका लागि अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई धुजा धुजा पारेका छन् । माधव नेपालको अडानका कारण अहिलेसम्म पार्टी फुटबाट जोगिएको छ । केपीले अझँ पनि अडान छोडेननु भने माधव नेपालहरुले अर्को पार्टी बनाएरै जाने बताइसकेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा