मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

पहिरोले पोल ढल्दा बन्दिपुरमा विद्युत् ,टेलिफोन,इन्टरनेट र खानेपानी सेवा अवरुद्ध


  • शुक्रबार, असार १८ २०७८
11.1K
SHARES

फाइल तस्विर

पर्यटकीयस्थल बन्दिपुरमा टेलिफोन, इन्टरनेट, विद्युत् र खानेपानी सेवा अवरुद्ध भएको छ ।

तीन दिनदेखि परेको अबिरल वर्षाले पहिरो जाँदा विद्युत्‌को पोल ढाल्नुका साथै खानेपानीका मुहान र पानी सङ्कलन ट्याङ्की समेत भत्काइदिएको थियो ।

बन्दिपुर गाउँपालिका क्षेत्रका अधिकांश खेत बगरमा परिणत भएको छ ।

गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले गाउँपालिका भित्र टेलिफोन, इन्टरनेट,विद्युत र खानेपानी अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको जानकारी दिए ।

मुकुन्देश्वरी डाँडाबाट पहिरो खस्दा खानेपानीको मुहान तथा ट्याङ्की भत्काएर क्षति बनाएको उनले बताए ।

करिब रु २० करोडको लागतमा सम्पन्न भएको छापनाहाला खानेपानी ट्याङ्की पूर्ण क्षति बनाउँदा डुम्रे बजारबासीले खानेपानीको समस्या भोग्नुपरेको छ।

अविरल वर्षाका कारण बन्दिपुर–३ तामुङमा दुई जनाले ज्यान गुमाएका र तीन जना घाइते भएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा