काठमाडौँ – अमेरिकाले नेपाली सेनालाई सहयोगस्वरुप बाढी र डुबानजस्ता जलजन्य प्राकृतिक प्रकोपका समयमा उद्धारमा प्रयोग हुने चार थान डुङ्गा उपलब्ध गराएको छ ।
नेपाली सेना विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक रामनाथ ढुंगानालाई छाउनीस्थित जंगी असबाब खानामा मंगलबार अमेरिकी दूतावासका मुख्य सेनानी मिसेल पी ह्वाइटले उद्धारमा प्रयोग हुने बोटस हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जनाएको छ ।
सेनाले बाढी डुबानलगायत जलउत्पन्न विपद्का समयमा उद्धार तथा राहतमा डुङ्गा बहूपयोगी हुने बताएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।