शनिबार, साउन ९ २०८३
ताजा अपडेट

वामदेवले ओलीसँग यस्तो वाचा गरेपछि माधव नेपाल तनावमा


  • शुक्रबार, असार १८ २०७८
13.7K
SHARES

फाइल तस्विर

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई स्वागत गर्दै अन्य अनुपस्थित नेताहरुले भोलि सहभागी हुन भनेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उपाध्यक्ष गौतमलाई स्वागत गर्दै आउने जाने नगरी सधैँ आउन आग्रह गरेका छन् ।

ओली र नेपाल समूहमा विभाजित भएर एमालेभित्रको विवाद उत्कर्षमा पुग्दा पार्टी एकताको अभियान चलाएको बताएका गौतमले पछिल्लो समय नेपाल समूहले नयाँ पार्टी खोलेमा आफ्नो सहयोग रहने बताएका थिए ।

शुक्रबारको बैठकमा गौतम सहभागी भए पनि नेपाल समूहका नेताहरु भने अनुपस्थित रहे । गौतम सहभागी भएमा खुसी व्यक्त गर्दै अध्यक्ष ओलीले भने, ‘कमरेड वामदेव गौतम पार्टी एकता जोगाउन यो बैठकमा आउनुभएको छ । उहाँलाई स्वागत गर्छु । वामदेवजीलाई पनि आउने–जाने क्रम जारी नगरी आको आई गर्न अनुरोध गर्छु ।’

वामदेवले ओलीको आग्रहलाई सकारात्मक रुपमा लिएको बताएका थिए ।

अध्यक्ष ओलीले नेपाल समूहका नेताहरु भोलि शनिबार बस्ने बैठकमा सहभागी हुन आग्रह गरेका छन् ।

साथै शुक्रबारको बैठकले प्रतिनिधि सभा पुनर्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको माग राखेर सर्वोच्च अदालतमा दायर रिट फिर्ता लिन आफ्ना २३ जना सांसदलाई निर्देशन दिएकाका छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा