शनिबार, साउन ३० २०८३
ताजा अपडेट

४ जना स्थायी कमिटी सदस्यले छोडे माधव नेपाल साथ


  • शुक्रबार, असार १८ २०७८
13.2K
SHARES

फाइल तस्विर

असार – नेकपा (एमाले) माधव नेपाल पक्षका ४ जना स्थायी कमिटी सदस्यले आफ्नो कित्ता क्लियर गरेका छन् । नयाँ पार्टी बनाउन पनि नसकेको, पुरानो पार्टीमा फर्किनलाई पनि सहमति नगरेको भन्दै माधव निकटका ४ जना स्थायी समिति सदस्यहरु पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुटमा प्रबेश गरेका हुन् ।

एमाले निकट विश्वस्त श्रोतका अनुसार नेपाल पक्षका नेताहरु सुरेन्द्र पाण्डे, योगेश कुमार भट्टराई, भीम आचार्य र गोकर्ण विष्ट ओली गुटमा प्रबेश गरेका छन् । अब नेपालको पक्षमा बौद्धिक नेता घनश्याम भुषाल मात्रै बाँकी रहेको छन् ।

‘चार नेताले भित्र भित्र सेटिङ मिलाइसकेका छन् । अन्तिम समयसम्म सहमतिको प्रयास गर्ने र सहमति नभएपछि ओली गुटमा फर्किने सहमति भइसकेको छ ।’ ओली गुटका एक नेताले भने, ‘ओली र नेपालमा केही भिन्नता देखिएन् । संगठनात्मक रुपमा पार्टी अध्यक्षकै पक्षमा उभिएर काम गर्न हामी सहमत छौँ भनेर उहाँहरुले भन्नु भएको छ ।’

योगेश भट्टराईलाई नेपाल पक्षले उपयुक्त जिम्मेवारी नदिएपछि रिसाएका छन् । उनी लामो समय पार्टीको प्रबक्ता भएर जिम्मेवारी निभाइ सकेको भएपनि पछिल्लो समय प्रदेश इन्चार्जहरु ताक्दा उनलाई उपेक्षा गरिएको थियो ।

आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले दुई दिनभित्र शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गर्ने सांसदहरुलाई हस्ताक्षर फिर्ता गर्न निर्देशन दिएपछि उनीहरु खुशी भएका छन् । तर, नेपाल पक्षले भने कुनैपनि हालतमा हस्ताक्षर फिर्ता नलिने स्पष्ट पारिसकेको भएपनि यी चार जना मध्येका एर्क जनाले हस्ताक्षर फिर्ता लिने बताइसकेको बालुवाटार निकट श्रोतको भनाई छ ।

नेता भट्टराई र विष्टले हस्ताक्षर गरेका छैनन् भने पाण्डे आचार्य प्रदेश सभाका सदस्य हुन् । सुरेन्द्र पाण्डेले भने हस्ताक्षर फिर्ता लिने वचन दिइसकेका छन् । नेपाल पक्षका अरु नेताले भने बरु राजनीतिबाट सन्यास लिने र आत्महत्या गर्ने तर देउवाको पक्षमा गरेको हस्ताक्षर कुनैपनि हालतमा फिर्ता नलिने प्रतिक्रिया दिएका छन् ।

आजको बैठकमा उपाध्यक्ष वामदेव गौतम सहभागी भएका थिए । उनले आफू एकताको पक्षमा उभिँदै आएको बताएका छन् । तर, एकताको लागि सबै नेता गम्भीर बन्नुपर्नेमा उनले जोड दिए । नेता गौतमले माधव नेपालसहितको एकताको लागि प्रयास गर्नुपर्ने पनि धारणा राखेका थिए ।

अध्यक्ष ओली २०७५ जेठ २ गते फर्किएपछि नेपाल पक्ष दबाबमा परेको छ । नेपाल पक्षधर युवा नेताहरुले यो बीचमा एकताको लागि ठोस सहमति गर्ने प्रयाससमेत गरेका थिए । तर, हिजो बसेको नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठकले आजको बैठकमा सहभागी नहुने निर्णय गरेको थियो ।

आजको बैठकमा नेपाल पक्षधर कोही पनि सदस्य सहभागी छैनन् । बैठक सुरु हुनुभन्दा अघि नेपाल पक्षधर केही नेताहरु भने ओलीसँग छलफलको लागि बालुवाटार पुगेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा