जारी युरो २०२० फुटबल प्रतियोगितामा आजदेखि अन्तिम आठ (क्वार्टरफाइनल) चरणका खेलहरू सुरु हुँदैछन् । आज पहिलो दिन दुई खेल हुने भएकाे छ । उपाधि दाबेदार टिमहरू बेल्जियम र इटालीको हेभिवेट भिडन्त हुदैछ । पछिल्लो समय वेगमा रहेको इटाली र फिफा वरीयताको नम्बर १ मा रहेकाे बेल्जियम एकअर्का विरुद्ध उत्रँदै छन् । जर्मनीको म्युनिख सहरमा बार्यन म्युनिखको घरेलु मैदान एलियान्ज रंगशालामा हुने खेलमा नेपाली समयअनुसार राति ठीक १२ः४५ बजेबाट सुरु हुनेछ ।

युराे २०२०
प्रतियोगिताकाे शानदार लयमा देखिएकाे इटाली समूह चरणका ३ वटै खेलमा शतप्रतिशत जित निकालेर अघि बढेको थियो । अन्तिम १६ मा उसले अस्ट्रियालाई २–१ ले हराएको थियो । इटाली पछिल्लो समय यति उत्कृष्ट लयमा छ कि, उसले सबैखाले प्रतियोगितामा खेलेका पछिल्ला ११ खेलमा कुनै हार व्यहोरेको छैन । अस्ट्रियासँगको खेलअघि त इटालीले १० खेलमा लगातार क्लिन सिट नै राखेको थियो । तर, अस्ट्रियाविरुद्ध १ गोल खाएपछि उसको क्लिन सिट यात्रा टुंगियो ।

युराे २०२०
विश्व फुटबलको सदाबहर टिम बेल्जियम आफैंमा खतरनाक टिम बनेकाे छ । फिफा वरीयताको १ नम्बमा रहेको छ । यसअघिकाे अन्तिम १६ मा साबिक २०१६ को च्याम्पियन पोर्चुगलमाथि १–० को कठिन जित निकाल्दै अघि बढेको थियो । डिफेन्डिङ च्याम्पियनलाई आउट गराएपछि उसले अब सेमिफाइनल प्रवेशका लागि डिफेन्सिभ फुटबलमा पर्खाल मानिएकाे इटालीसंग सामना गर्नु पर्ने भएकाे छ ।
आज इटालीविद्ध उत्रिँदा बेल्जियमलाई भने चोटका कारण झड्का लागेको छ । पोर्चुगलविरुद्धको खेल दौरान घाइते हुन पुगेका कप्तान इडेन हाजार्ड र प्लेमेकर केभिन डे ब्रुयाने दुवैजना इटालीविद्धकाे खेलमा खेल्न सक्ने अबस्थामा छैनन् । यि दुई खेलाडीको अनुपस्थिति हुँदा प्रशिक्षक रोवर्टो मानिर्टनेजलाई ठूलै टाउको दुखाइ बन्ने पक्का छ । यि दुई खेलाडी नहुँदाको मूल्य आज बेल्जियमलाई महँगो पर्न सक्ने देखिएकाे छ ।
बेल्जियम र इटालीबीचको पछिल्ला खेलको नतिजा:
१. इटाली २ – ० बेल्जियम – युरो कप
२. इटाली १ – ३ बेल्जियम – मंत्रीपूर्ण
३. इटाली ३ – १ बेल्जियम – मैत्रीपूर्ण
४. इटाली २ – ० बेलिजयम – युरो कप
५. इटाली १ – ३ बेल्जियम – मैत्रीपूर्ण
५. इटाली २ – २ बेल्जियम – मैत्रीपूर्ण
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।