नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष वामदेव गौतमलाई पार्टी बैठकमा आएकोमा स्वागत गर्दै अब निरन्तर आइरहन आग्रह गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा वामदेव सहभागी भएपछि ओलीले खुसी व्यक्त गरे । नेकपा विभाजन र एमाले पुनःस्थापनापछि पार्टी बैठकमा वामदेव पहिलोपटक सहभागी भएका हुन् ।
बैठकमा गौतमलाई स्वागत गर्दै ओलीले भने, ‘कमरेड वामदेव गौतम पार्टी एकता जोगाउन यो बैठकमा आउनुभएको छ । उहाँलाई स्वागत गर्दै अन्य कमरेडहरूलाई पनि भोलि हुने बैठकमा सहभागी हुन आग्रह गर्दछु । वामदेवजीलाई पनि आउने-जाने क्रम जारी नगरी आको आई गर्न अनुरोध गर्छु ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।