मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

संसदले रिजल्ट नदिँदा जनतामा निराशा पैदा भयो : वरिष्ठ अधिवक्ता गुरागाईं


  • शुक्रबार, असार १८ २०७८
11.5K
SHARES

फाइल तस्विर

वरिष्ठ अधिवक्ता रमेश गुरागाईंले प्रतिनिधिसभाले रिजल्ट नदिएपछि जनतामा निराशा पैदा भएको जिकिर गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट संवैधानिक इजलासमा शुक्रबार बहस गर्दै गुरागाईंले सभामुख एकातिर, संसद एकातिर र दलहरु एकातिर भएको अवस्था रहेको बताए ।

अदालतले पुनः स्थापना गरेको संसदले पनि सरकार दिन नसकेको हुनाले दोस्रो पटक विघटनको आवश्यकता परेको उनको भनाइ छ । गुरागाईंले भने, ‘अविश्वासको प्रस्ताव पनि आउन सकेन, संसदले रिजल्ट नदिएपछि जनतामा निराशा पैदा भएको अवस्था छ ।’

संसदबाट नकारात्मक रिजल्टमात्रै आएको हुनाले अदालतले विघटनको निर्णय सदर गर्नुपर्ने उनले बताए । रिट निवेदकले मागेअनुसार संसद पुनः स्थापना भएमा आउने रिजल्टभन्दा चुनावबाट आउने रिजल्ट उत्तम हुने उनको भनाइ छ ।

उनले भने, ‘पुनर्स्थापना गर्दा आउने रिजल्ट र चुनावलाई गर्दा आउने रिजल्टलाई तुलना गर्दा चुनावबाट आउने रिजल्ट प्रतिनिधिसभा पुनर्स्थापनाबाट ल्याउन सकिँदैन ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा