शनिबार, साउन ३० २०८३
ताजा अपडेट

संवैधानिक इजलासमा बहस सुरु


  • शुक्रबार, असार १८ २०७८
11.8K
SHARES

फाइल तस्विर

संवैधानिक इजलासमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कानुन व्यवसायीको बहस आज पनि जारी छ । शुक्रबार प्रधानमन्त्रीको तर्फबाट वरिष्ठ अधिवक्ता रमेश गुरागाईंले बहस सुरु गरेका छन् ।

प्रधानमन्त्रीको पक्षमा बहस गर्ने कानुन व्यवसायीका लागि छुट्याएको समय एकघण्टा ३० मिनेट बाँकी छ ।

एक घण्टा ३० मिनेटमा शुक्रबार १३ जना वकिलले बहस गर्दैछन् । वरिष्ठ अधिवक्ता रमेश गुरागाईं, विष्णुमणि अधिकारी र अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले १०–१० मिनेट बहस गर्ने बताइएको छ ।

प्रधानमन्त्रीका कानुन विज्ञ बाबुराम दाहालले ७ मिनेट बहस गर्नेछन् । अधिवक्ता भोजराज आचार्य, सिपी रेग्मी, बलबहादुर राई, रुद्रप्रसाद पोखरेल, शान्तिदेवी खनाल, विष्णुमाया भुषाल, धर्मराज रेग्मी, अनन्त लुईंटेल र लोकनाथ खरेलले बहस गर्दैछन् । उनीहरु सबैलाई ७ मिनेटको दरले सयम छुट्याइएको छ ।

प्रधानमन्त्री तर्फका कानुन व्यवसायीको बहस सकिएपछि सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीको बहस सुरु हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा