नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा भाग लिन बालुवाटार गएका छन् ।
गौतमका छोरा तथा एमाले बर्दियाका नेता हरिश गौतमले उपाध्यक्षको हैसियतमा गौतमलाई प्राप्त भएको पत्र सार्वजनिक गर्दै बैठकमा सहभागी हुन बालुवाटार प्रस्थान गरेको बताएका छन् ।
२०७५ जेठ ३ पूर्वको केन्द्रीय कमिटी बैठकमा भाग लिन गौतम सकारात्मक रहेको यसअघि एमाले केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले बताएका थिए ।
माधव नेपाल पक्षले भने आजको बैठक स्थगित गर्न र अझै सहमतिको लागि छलफल गर्न माग गरेको छ । २०७७ पुस ५ मा नेकपा विभाजन भएपछि एकता अभियान चलाउँदै आएका गौतम अहिले एमालेको दुवै पक्षमा छैनन् ।
उनले एमाले एकता अभियान गठन गरेका छन् । गौतम यसबीचमा संसदीय दलको बैठकमा भाग लिए पनि एमालेको केन्द्रीय कमिटी वा महाधिवेशन आयोजक कमिटी बैठकमा भाग लिएका थिएनन् ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।