शनिबार, साउन ३० २०८३
ताजा अपडेट

मनसुुन सुरु भएको तीन सातामा ३३ जनाको मृत्यु, ३० बेपत्ता


  • शुक्रबार, असार १८ २०७८
11.9K
SHARES

फाईल तस्बिर

मनसुन सुरु भएयता बाढी पहिरोलगायतका विपत्तिमा परेर हालसम्म ३३ जनाको मृत्यु भएको छ ।

गत जेठ ३१ गतेदेखि यताको मनसुनी विपतमा परेर ३० जना बेपत्ता भएका छन् भने अन्य ३० जना घाइते भएको गृहमन्त्रालयले जनाएको छ ।

बुधबारदेखि मनसुनी वायु फेरि सक्रिय भएकाले थप क्षतिको सम्भावना बढेको छ । केन्द्रका अनुसार यस अवधिमा विपतमा परेर ४७५ घर पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन् । त्यस्तै ११२ घर आंशिक क्षतिग्रस्त भएका छन् ।

भौतिक क्षतितर्फ ३६ वटा सरकारी कार्यालय, छवटा सामुदायिक भवन र विद्यालय, २२ वटा झोलुङ्गे पुल, १३ वटा पक्की पुल, जलविद्युत् आयोजना १३ वटा, काठको पुल पाँचवटा र दुईवटा वित्तीय संस्था प्राकृतिक विपत्तिका कारण क्षतिग्रस्त बनेको केन्द्रले जनाएको छ ।

जेठ २८ गतेबाट नेपालमा मनसुन भित्रिएको हो । त्यस अवधिदेखि यताको पाक्षिक प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भएका क्षतिको व्यवस्थापन र अबका दिनमा त्यसको न्यूनीकरणका लागि सामूहिक पहल गरिरहेको जनाएको छ ।

जेठ ३१ गतेदेखि असार १५ गतेसम्म बाढीले बगाएर १५, पहिरोमा पुरिएर ११ र भारी वर्षाका कारण एक जना गरी २७ जनाको मृत्यु भएको छ । सो अवधिमा ६७६ घरपरिवार विस्थापित हुन पुगेको प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो ।

सबैभन्दा बढी सिन्धुपाल्चोक र मनाङमा क्षति भएको प्राधिकरणले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा