मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

एमाले केन्द्रीय कमिटी बैठक आज, नेपाल समूहले बहिष्कार गर्ने


  • शुक्रबार, असार १८ २०७८
7.3K
SHARES

फाईल तस्बिर

नेकपा एमालेको संस्थापन पक्षले आजका लागि बोलाएको केन्द्रीय कमिटीको बैठकमा माधवकुमार नेपाल–झलनाथ खनाल पक्ष नजाने भएको छ ।

खनाल–नेपाल पक्षीय नेताहरुको हिजो बसेको बैठकले ओली पक्षले बोलाएको बैठक नवौँ महाधिवेशनबाट तय भएको विधान र त्यसका नियमावली विपरीत भएको निश्कर्ष निकालेको हो ।

पार्टी एकताका लागि खनाल–नेपाल पक्षले ओली पक्षलाई पार्टीको केन्द्रीय कमिटी तथा जनसंगठनलाई २ जेठ २०७५ अघिको अवस्थामा क्रियाशील तुल्याउन ६ बुँदे प्रस्ताव अघि सारेको थियो ।

तर अध्यक्ष ओलीले पार्टी विधान विपरित गठित दशौं महाधिवेशन आयोजक कमिटिको बैठक र त्यसका निर्णयले पार्टी एकता हासिल गर्न अवरोध पु¥याएकोले बैठकमा सहभागि नहुने निर्णय भएको नेता भिम रावलले बताउनुभयो ।

पार्टीलाई एकताबद्ध रुपमा अगाडी बढाउन उचित र औपचारिक सार्थक वार्ता तथा सहमतिको प्रक्रिया अवलम्बन गरिनुपर्ने खनाल–नेपाल पक्षको भनाइ छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा