शनिबार, साउन ९ २०८३
ताजा अपडेट

गुडिरहेको एम्बुलेन्समाथि पहिरो खस्यो, बिरामीको मृत्यु


  • बिहिबार, असार १७ २०७८
13.3K
SHARES

फाईल तस्बिर

कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु भएको छ । मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको मृत्यु भएको हो।

दुर्घटनामा एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिए ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत बनिरहेको बाटो हो त्यो । खहरे होलामा एक्कासी लेदोसहितको बाढी आएर एम्बुलेन्समाथि परेछ,’ उनले भने, ‘चालकले भागेर ज्यान जोगाए । आमाको घटनास्थलमै मृत्यु भयो ।’

घाइते अधिकारीलाई थप उपचारका लागि पोखरा ल्याइएको छ । पहिरोले एम्बुलेन्सलाई करिब सय मिटर तल बगाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा