मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

नागरिकले अहिले राणकालीन बडाहाकिमको शासन बेहोर्नु परेको छ : राष्ट्रियसभा सदस्य अधिकारी


  • बिहिबार, असार १७ २०७८
7.3K
SHARES

फाईल तस्बिर

राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले नागरिकले अहिले राणकालीन बडाहाकिमको शासन बेहोर्नु परेको बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता अधिकारीले मुलुकमा  प्रमुख जिल्ला अधिकारी (सिडिओ) मार्फत् सरकार चलाउने काम भएको बताए ।

‘आम नेपाली जनताले राणाकालीन बडाहाकिमको शासन बेहोर्नु परेको छ । सिडिओमार्फत् सरकार चलाइदैछ । यो कहिलेसम्म जाने हो ?’, उनले प्रश्न गरे । कोरोना महामारीका बेला संसद् विघटन गरेर चुनाव घोषणा गरिएको बारेमा पनि अधिकारीले प्रश्न उठाएका छन् ।

‘म सोध्न चाहन्छु, निषेधाज्ञा तोडेर निर्वाचनमा जाने भनिएको हो ? कोभिड कहिले सकिने हो ? सरकारको यसमा प्रक्षेपण के छ ?’ अधिकारीले सोधे, ‘विशेषज्ञहरु कोभिडको तेस्रो दौड कात्तिक र मंसिर ताका आउने भन्दैछन् । सरकारको यसमा भनाइ के छ ?’

प्रधानमन्त्रीले जनताको संस्था (प्रतिनिधिसभा) लाई विश्वास नगरेकाले अहिलेको परिस्थिति आइलागेको उनले बताए । आफ्नै पार्टी, सहयोगी र समर्थकलाई विश्वासमा लिन नसक्दा मुलुक आजको यो परिस्थितिमा आइलागेको पनि अधिकारीले बताए ।

‘प्रधानमन्त्रीले आफ्नो पार्टी जोगाउनु भएन । एकीकृत पार्टी विभाजन गर्न पुग्नुभयो । पुरानै पार्टी पनि एकठाउँ राख्न सक्नु भएको छैन । आफ्नो सहयोगी समर्थक समेत समेट्न नसक्नेले हामी प्रतिपक्षी सहित सवैलाई समेटेर राष्ट्रिय संकल्प पुरा गर्नुहोला भन्ने भरोसा र विश्वास कम्तिमा मैले त गर्न सकिनँ’, अधिकारीले भने ।

प्रधानमन्त्रीले अरुलाई विश्वासमा लिन नसक्नुकै परिणाम पाँच सदस्यीय काम चलाउ सरकारको नेतृत्व गर्न पुगेको उनले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा