सोमबार, कार्तिक १० २०८३
ताजा अपडेट

राष्ट्रियसभा बैठक शुरु


  • बिहिबार, असार १७ २०७८
8.3K
SHARES

फाईल तस्बिर

राष्ट्रियसभा बैठक शुरु भएको छ। करिब ५ महिनापछि आज बैठक बसेको हो। प्रतिनिधिसभा विघटनपछि पहिलोपटक राष्ट्रियसभा बैठक बसेको हो।

बैठकको सुरुवातमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरुको व्यहोरा पढेर सुनाइएको छ।

आजको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णु पौडेलले बाढी पहिरो लगायत विपद् व्यवस्थापन बारे जानकारी दिने कार्यतालिका रहेको छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र सपथ सम्बन्धी अध्यादेश, २०७८ अध्यादेश पेश गर्ने कार्यसूची छ।

यस्तै उपप्रधानमन्त्री एवम् गृह मन्त्री विष्णुप्रसाद पौडेलले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८, बेपत्ता पारिएका व्यक्तिको छानबीन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश २०७७, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ अध्यादेश पेश गर्ने कार्यसूची छ।

यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पेश गर्ने कार्यसूची छ ।

यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८, कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ र औषधि (तेस्रो संशोधन) अध्यादेश २०७८ अध्यादेश पेश गर्ने कार्यसूची छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा