मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

बाढीले कमला नदीको पुल भासियो


  • बिहिबार, असार १७ २०७८
7.2K
SHARES

फाईल तस्बिर

निर्माण पूरा भइ सञ्चालनको तयारीमा रहेको कमला नदीको पुल भासिएको छ । लगातारको वर्षाले नदीमा बाढी आउँदा पुल भासिएको हो ।

हुलाकी राजमार्ग अन्तर्गत धनुषा–सिरहा जोड्ने कमला नदीको पुल सञ्चालनको तयारी भइरहेको बेला भासिएको हो ।

पुलको पिलर एक फिट भासिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए । उनका अनुसार नदीमा बाढी आएको बेला आज विहान पूर्वबाट पश्चिमको दोस्रो (स्पान –पिलर) भाँसिएको छ ।

उनका अनुसार पुलमा १२ वटा स्पान रहेको छ । जसमध्ये एउटा एक फिट भाँसिएको छ । सञ्चालन नुहँदै पुलको पिलर भासिन थालेपछि प्रमुख जिल्ला अधिकारी कँडेलले छानविनको माग गरेका छन् ।

उनले गृह मन्त्रालयलाई छानविन गर्न सिफारिस गर्दै पुलको डिजाईन गलत वा डिजाइनअनुसार काम नभएको बताउँदै पिलर भासिएको हुन सक्ने बताए ।

चार सय ७० मिटर लामो पुल निर्माणका लागि ०६८ सालमै पप्पु–लुम्बिनी बिल्डर्सले ठेक्का लिएको थियो । सुरुमा पप्पुले मात्र काम गरे । करिब ३५ प्रतिशत काम सकेका पप्पुले घाटा लाग्ने अवस्था देखेपछि हात झिके । त्यसपछि लुम्बिनी बिल्डर्सले बाँकी काम गरेको छ ।

भासिएको स्पान निर्माणको काम पप्पुले नै गराएको भन्दै लुम्बिनी बिल्डर्सले माथिको काम मात्र गराएको प्रजिअ कडेँलले बताए । पुल मात्र ४२ महिनामा निर्माण हुनुपर्ने थियो । तर झण्डै १० वर्षपछि निर्माण पुरा भए पनि हस्तान्तर नहुँदै भासिएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा