शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक


  • बिहिबार, असार १७ २०७८
15.3K
SHARES

तस्विरः फाइल

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले रिक्त रहेका ४ सचिवको नियुक्ति गर्नेछ । सचिव रिक्त रहेका स्थानमा पदपूर्तिका लागि लोकसेवा आयोगले सहसचिव बढुवाको सिफारिस गरेको छ । आयोगले प्रशासन समूहबाट सहसचिवहरू गणेश पाण्डे, मधुसूदन बुर्लाकोटी र कृष्णहरि पुष्करलाई सिफारिस गरेको छ । उनीहरुमध्ये एकजना सचिव नियुक्त हुनेछन् ।

यस्तै कृषि तथा वन समूहबाट सहसचिव कृष्णप्रसाद आचार्य, निरु दाहाल र दिपक खराल सिफारिस भएका छन् । इन्जिनियरिङ सेवाबाट प्रमिला बज्राचार्य, सुशीलचन्द तिवारी र गोपालप्रसाद सिग्देल सिफारिस भएका छन् । सो समूहबाट एक–एक जना सचिव बन्नेछन् ।

यता प्रशासन सेवाबाट एक जनामात्र सहसचिव डा.दामोदर रेग्मी सिफारिस भएकाले उनी सचिव बन्ने पक्का भएको छ । मन्त्रिपरिषदको आज बस्ने नियमित बैठकले मन्त्रालयगत सिफारिसका आधारमा अन्य निर्णयहरु गर्ने समेत जनाइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा