शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

रामचन्द्रको आपत्तिपछि रोकियो नेतात्रयको टोखा भेला


  • बिहिबार, असार १७ २०७८
7.5K
SHARES

फाईल तस्बिर

वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएपछि शुक्रबार हुने भनिएको नेतात्रयको ‘टोखा भेला’ स्थगित भएको छ ।

उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले शुक्रबार महाधिवेशनबारे छलफल गर्ने भन्दै केन्द्रीय सदस्यहरूको भेला आह्वान गरेका थिए । टोखामा हुने भनिएको भेला पौडेलको असन्तुष्टिपछि स्थगित भएको हो ।

महामन्त्री कोइराला निवास महाराजगञ्जमा बुधबार साँझ बसेको बैठकमा पौडेलले भेलाको उद्देश्यबारे प्रश्न गरेका थिए । ‘तीनजना नेताले भेला बोलाएको बारे देशभरीका साथीले फोन गरेका छन् । यस्तो भेलाबाट के सन्देश दिन खोजिएको हो ?’, पौडेलले भने ।

पछि उपयुक्त समयमा सबै नेतालाई समेटेर कार्यक्रम गर्नेगरी अहिलेलाई शुक्रबारको कार्यक्रम रोकिएको छ’, नेतात्रयनिकट स्रोतले भन्यो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा