शनिबार, साउन ३० २०८३
ताजा अपडेट

राष्ट्रियसभामा १२ वटा अध्यादेश पेश हुँदै, विरोधमा उत्रने विपक्षीको तयारी


  • बिहिबार, असार १७ २०७८
10K
SHARES

फाईल तस्बिर

आज अपराह्न ४ बजे बस्ने राष्ट्रियसभाको बर्षे अधिवेशनको पहिलो बैठकमा सरकारले १२ वटा अध्यादेश पेश गर्ने भएको छ । सरकारले पेश गर्ने अध्यादेशको विपक्षी दलहरुले बिरोध गर्ने भएका छन् ।

केही राम्रा अध्यादेशको विरोध नगरे पनि अन्य अध्यादेशको  बिरोध गर्ने राष्ट्रिय सभामा माओवादी केन्द्रका संसदीय दलका नेता दीनानाथ शर्माले रातोपाटीलाई जानकारी दिए ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा अध्यादेशमा बिरोध हुन्छ भनेर हामीले भनेका छौँ । कतिपय राम्रा अध्यादेश छन्, तिनको बिरोध गर्ने भन्ने कुरा भएन । तर, जुन विरुद्धमा अदालतमा समेत रिट परेको छ, त्यसमा बिरोध गर्ने भन्ने कुरा भएको छ,’ शर्माले भने, ‘आज विधेयक पेश हुने मात्र हो । विधेयकमाथि विरोधको सूचना दर्ता गर्नेबारे पनि हामी सल्लाह गरिरहेका छौँ ।’

उनले माधव नेपाल पक्षले पनि साथ दिए अध्यादेश पारित नहुने बताए ।

उता नेपाली कांग्रेसले पनि सरकारले पेश गर्ने अध्यादेशको बिरोध गर्ने बताएको छ । राष्ट्रिय सभामा कांग्रेस प्रमुख सचेतक अनिता देवकोटाले अध्यादेशबाट मुलुक चलाउने कामको काँग्रेस विपक्षमा रहेको बताइन् । सरकारले ल्याएको अध्यादेश असफल पार्न कांग्रेसले महत्वपूर्ण भूमिका खेल्ने देवकोटाले  बताइन् ।

राष्ट्रिय सभामा कसरी प्रस्तुत हुने भन्ने बारेमा कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा