शनिबार, साउन ९ २०८३
ताजा अपडेट

खुल्यो आन्तरिक हवाइ उडान, आज ६४ विमानले उडान भर्ने


  • बिहिबार, असार १७ २०७८
8.8K
SHARES

फाइल तस्विर

कोरोनाको दोस्रो लहरसँगै सरकारले गरेको निषेधाज्ञापछि बन्द भएको आन्तरिक उडान आजदेखि खुलेको छ । आन्तरिक उडान खुलाएसँगै शुरूआतमा दैनिक ६४ उडान हुने वायुसेवा संचालक संघले जनाएको छ ।

आज बिहान ६ देखि साँझ ६ बजेसम्म आन्तरिक उडान हुने संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिए । उनका अनुसार बुद्ध एयरले ३१, यती एयरलाइन्सले १५, श्री एयरलाइन्सका ७, सौर्यको ३ सहित ८ एयरलाइन्सले दैनिक उडान भर्नेछन् ।

सञ्चालन गर्न लागिएको उडान निषेधाज्ञाअघि भइरहेको कुल क्षमताभन्दा ५० प्रतिशतले कमी हो । निषेधाज्ञाअघि गत वैशाखमा दैनिक १ सय ३० आन्तरिक उडान हुँदै आएको थियो । निषेधाज्ञा खुकुलो भएसँगै आन्तरिक उडान खुल्ला गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

सबै स्वास्थ्य मापदण्ड अपनाएर उडान सञ्चालन गर्ने हवाइ उडान कम्पनीहरुले जनाएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा