शनिबार, साउन ९ २०८३
ताजा अपडेट

देउवाको आक्रोश : ओलीको धम्कीले को डराउँछ र ?


  • बिहिबार, असार १७ २०७८
10.4K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतलाई धम्की नदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् । विपक्षी गठबन्धनले नागरिक समाजका प्रतिनिधिसंग गरेको छलफलमा सभापति देउवाले ओलीले धम्क्याएर कोही नतर्सिने बताए ।

‘ओलीजीले धम्क्याउने र तर्साउने काम सुरु गर्नुभएको छ । उहाँसंग को डराउँछ र ? पञ्चायतसंग,राजासंग लडेको मान्छेहरु ओलीसंग कहाँ डराउँछ र ?’, देउवाले भने ।

संविधानको धारा ७६ (५) ले बहुमतको आधार प्रस्तुत गर्ने सांसद सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री बनाउनैपर्ने व्यवस्था रहेको भन्दै देउवाले बहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपतिले प्रधानमन्त्री नबनाउनु गलत भएको बताए ।

दलको कार्यकर्ताजस्तो भएर राष्ट्रपतिले संविधान उल्लघंन गर्नुभएको छ । संसद विघटन नहोस् भनेर सांसदलाई दिएको अधिकार हनन गरिएको छ । आशा छ सर्वोच्च अदालतले संविधान बमोजिम न्याय दिनेछ’, देउवाले भने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा