राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
सुर्खेत जिल्ला अदालतका न्यायाधीश दीलप्रसाद सापकोटाको इजलासले उनीहरूलाई कारागार चलान गर्न आदेश दिएको थियो ।
जिल्ला अदालतका सूचना अधिकारी नरेन्द्रप्रसाद पोखरेलका अनुसार सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिकाका दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको हो ।
ती युवाहरूले राउटे समुदायकी १९ वर्षीय र २३ वर्षीय युवतीलाई होटलमा लगेर मदिरा सेवन गराएर यौन दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।