शनिबार, साउन ३० २०८३
ताजा अपडेट

राष्ट्रियसभाको आठौँ अधिवेशन शुरू हुँदै, यस्तो छ आजको सम्भावित कार्यसूची


  • बिहिबार, असार १७ २०७८
7.2K
SHARES

फाईल तस्बिर

ष्ट्रिय सभाको आठौं अधिवेशन आज शुरू हुँदै छ ।

संघीय संसद भवन बानेश्वरमा आज अपरान्ह ४ बजेका लागि बैठक डाकिएको छ ।

संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार बैठकको आवश्यक सबै तयारी पूरा भएको छ ।

बैठकमा सहभागी हुने अध्यक्षदेखि राष्ट्रिय सभाका सबै सदस्य  तथा सचिवालयका कर्मचारीको एन्टिजेन्ट विधिबाट कोरोना परीक्षण भइसकेको छ भने बैठक स्थलमा भौतिक दूरी कायम हुने गरी बस्ने व्यवस्था मिलाइएको छ ।

आज बैठकको प्रारम्भमा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रपतिले बैठक आह्वान गरेको पत्र र मन्त्रिपरिषद पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पनि पढेर सुनाउनेछन्।

त्यसपछि विभिन्न अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र सपथ सम्बन्धी अध्यादेश, २०७८ अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची छ।

यस्तै उपप्रधानमन्त्री एवम् गृह मन्त्री विष्णुप्रसाद पौडेलले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८, बेपत्ता पारिएका व्यक्तिको छानबीन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश २०७७, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र   तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ अध्यादेश पेश गर्ने कार्यसूची छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा