शनिबार, साउन ९ २०८३
ताजा अपडेट

एमाले महाधिवेशन आयोजक कमिटिको बैठक ११ बजे


  • बुधबार, असार १६ २०७८
12K
SHARES

फाईल तस्बिर

नेकपा एमालेको १० औँ महाधिवेशन आयोजक कमिटिको बैठक आजलाई बोलाइएको छ ।

बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमालेले १० औँ राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई रूपान्तरण गरि पूर्ववत् केन्द्रीय कमिटि बनाउने तयारी गरेको छ ।

पार्टीभित्र असन्तुष्ट रहेका पक्षको मागका आधारमा एमालेको मंगलबारको स्थायी कमिटिले बुधबार हुने आयोजक कमिटिको बैठकबाट त्यसलाई अनुमोदन गराउने निर्णय गरेको हो

सोही अनुसार आजको बैठकले महाधिवेशन आयोजक कमिटिलाई नै केन्द्रीय कमिटि बनाउने तयारी रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा